ताजा समाचार

तीन दुर्घटनामा चार जनाको मृत्यु

तीन जिल्लामा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१ ड्राईभरटोल चोकमा सडकमा ना६ख ८१६१ नम्बरको ट्रकले लु.४९ प २२३० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोल बस्ने ५० वर्षीय मादबलाल देवकोटा र मोटरसाइकलमा सवार सोही नगरपालिका-२ जानकीनगर बस्ने ४० वर्षीया यादा क्षेत्री रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूकुम पश्चिम, चौरजहारी नगरपालिका-८ गोहिरी ज्युलामा लु.१ ज २२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चौरजहारी नगरपालिका-१३ बस्ने ४५ वर्षीय मस्त बहादुर वलीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका २० जनामध्ये १४ जनाको मिसन अस्पताल चौरजहरीमा उपचार भइरहेको दुई जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य दुई जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाइएको छ।

स्याङजा, पुतलीबजार नगरपालिका-१४ भिरबारीस्थित सडकमा ग१त ४९८७ नम्बरको ट्याक्टर बाटोबाट पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा चालक दाङ दंगीशरण गाउँपालिका-४ बस्ने २८ वर्षीय रामहरि चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार कार्यको साथै आवश्यक अनसुन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०

प्रतिक्रिया दिनुहोस्