ताजा समाचार

करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा खजुरा गाउँपालिका-१ बस्ने दैलेख नौमुले गाउँपालिका-४ जैसीडाँडा घर भएका २३ वर्षीय सविन राना छन्।

उनको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

खजुरा गाउँपालिका-२ बलैपुरस्थित  माछा पाल्न बनाएको पोखरीको डिलमा करेन्ट बिछ्‍याएको जिआई तारमा माछा मार्ने जालसहित करेन्ट लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०

प्रतिक्रिया दिनुहोस्