ताजा समाचार

६४ लाख बराबरको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

प्रहरीले पर्साबाट बिल बिजकभन्दा बढी खुद्रा सामान बोकेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित सडकखण्डबाट प्रदेश ३-०१-००५ ख ९८५१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

आइतबार राति सवा ११ बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दाबढी मालवस्तुहरू लोड रहेको र शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ट्रकमा ६४ लाख ६५ हजार ९२१ रुपैयाँ बराबरको सामान थिए। ट्रक र सामान कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०