ताजा समाचार

साढे सात लाख ठग्ने महिलालाई ‘साढे सात’ लागेपछि …

वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने बहानामा साढे सात लाख रुपैयाँ ठग्ने महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका-४ घर भई हाल तारकेश्वर नगरपालिका-८ काठमाडौं बस्ने ४३ वर्षीया सुष्माकुमारी खड्का छिन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौं-३२ बानेश्वरबाट पक्राउ गरेको हो।

राजु शाहीलाई पोर्चुगल पठाइदिने भन्दै उनले साढे सात लाख रुपैयाँ ठगेको उक्त कार्यालयले जनाएको छ।

पोर्चुगल जाँदा ११ लाख रुपैयाँ लाग्ने खड्काले बताएकी छिन्। होटलमा वेटरको काममा लगाइदिने र मासिक तलब १ लाख २० हजार हुने भन्दै खड्काले शाहीबाट रकम लिएकी थिइन्।

रकम लिएर फरार भएपछि पीडित वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुगेका थिए। विभागले पत्राचार गरेपछि कार्यालयले खड्कालाई पक्राउ गरेको हो।

खड्कालाई आवश्यक कारबाहीको लागि विभागमै पठाइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०