ताजा समाचार

चार जना मृत अवस्थामा फेला

देशका विभिन्न जिल्लामा चार जना मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कास्की, पोखरा महानगरपालिका-१३ दुई कुलाको मुहानमा तनहुँ भानु नगरपालिका-५ ठेगाना भएका २६ वर्षीय योराज थापा सोमबार मृत अवस्थामा फेला परेका छन्।

दाङ, शान्तिनगर गाउँपालिका-७ बुढाडवर बस्ने ५४ वर्षीया बिपी खत्री आफ्नै गोठको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने २३ वर्षीय सुशील विष्ट आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरी, धरान उपमहानगरपालिका-१ भुमी मार्गस्थित सडक छेउको खाली जग्गामा अन्दाजी ३५ वर्षीय मानिस सोमबार मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान खुलेको छैन

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०