ताजा समाचार

खाँदबारीमा आतंक मच्चाउने, विगतमा ९ पटक थुनामा परेका व्यक्ति फेरि परे पक्राउ

लामो समयदेखि संखुवासभामा आपराधिक गतिविधि गर्दै जेलबाट छुट्दै आएका व्यक्ति फेरि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका-३ ढोलबाजे टोल बस्ने ३५ वर्षीय विकास राई छन्।

उनलाई आइतबार राति प्रहरीले खाँदबारी नगरपालिका-७, नमूना टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

गत मंसिर १४ गते ढोलबाजे टोलमा पक्राउ गर्न प्रहरी पुगेकोमा उनी प्लाष्टिकभित्र बाँधेर राखेको एक किलो ४५६.४ ग्राम गाँजा फालेर भागेका थिए।

श्रेष्ठका अनुसार पक्राउ गर्ने क्रममा भागेका राईलाई खाँदबारीमा फेला पारिएको हो।

राईले चिचिला गाउँपालिका तथा खाँदबारी नगरपालिकामा विभिन्न व्यक्तिहरूलाई कुटपिट गर्ने, व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने तथा गाँजा बिक्री वितरण गर्ने गरेका थिए।

राई लामो समय आपराधिक क्रियाकलापमा सक्रिय भएको खुलेको छ। उनीविरूद्ध विभिन्न समयमा ९ वटा मुद्दा चलेको विवरण फेला परेको छ।

राई पहिलोपटक २०६५/६६ सालमा पक्राउ परेका थिए। केही सार्वजनिक अपराध र सजाय ऐनमा उनी पक्राउ परेका थिए।

त्यसपछि लगातार पक्राउ पर्दै आएको अभिलेख भेटिएको छ। उनी २०६७/६८, २०६८/६९, २०७२/७३, २०७३/७४, २०७४/७५ सालमा सार्वजनिक अपराधमा पक्राउ परेका थिए।

राई २०६७/६८ मै ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए। २०७५/७६ सालमा पुन: राई ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए।

सोही वरेष राई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत पक्राउ परेका थिए।

राईविरूद्ध अब फेरि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान थालिएको श्रेष्ठले बताए।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०