ताजा समाचार

महाधिवेशन सार्ने एकीकृत समाजवादीको तयारी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सार्ने तयारी गरेको छ।

पार्टी कार्यालयमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकमा जाजरकोट भूकम्पका कारण कारण तयारी गर्न नपाएको र राष्ट्रियसभा निर्वाचन समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

आगामी माघ १४ देखि १८ सम्म महाधिवेशन तय गरे पनि विभिन्न कारणले तयारी गर्न नसकिएको उनले बताए। सचिवालयको बैठक मंगलबार पुनः बस्ने र महाधिवेशनका विषयमा आवश्यक निर्णय लिइने उनले बताए।

त्यस्तै, सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरिएको उनले बताए। बैठकमा राष्ट्रिय राजनीतिक, पार्टीको आन्तरिक संरचना, आगामी कार्ययोजना लगाएतका विषयमा समेत छलफल भएको उनले बताए।

बैठकपछि नेकपा समाजवादीका नेता झलनाथ खनालले महाधिवेशनलगायत सबै विषयमा छलफल भएको र मंगलबार आवश्यक निर्णयमा पुगिने बताए।

खनालले लोकतन्त्रमा विरोध हुनु सामान्य भएकाले ठूलो घटनाका रुपमा लिन नहुने बताए। उनले व्यवस्था बदलिए पनि जनताको अवस्था नफेरिएकाले नयाँ ढंगले जान समाजवादी तयार रहेको धारणा राखे।

उनले एनसेनको सेयर बिक्री गर्ने विषय निकै गम्भीर रहेको बताए।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०