ताजा समाचार

सिरहामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

सिरहामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

सिरहा नगरपालिका-७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित औरही गाउँपालिका-४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजित कुमार यादवसँग विवाद भएको भन्ने खबर पाएपछि प्रहरी टोली पुगेको थियो।

वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ।

उनलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०