ताजा समाचार

पुस्तक-स्टेसनरी महासंघ कोशीको अध्यक्षमा झापाका नेपाल

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन्।

महासंघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको बन्द सत्रबाट नेपाल आगामी दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

विराटनगरको एमके पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्षद्वय पदमा उदयपुरका घनश्याम पोखरेल र सुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको हो।

यस्तै, मोरङका दिवाकर भट्टराई सचिव र मोरङका गौतम शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

यस्तै, झापाका टंकप्रसाद भट्टराई सहसचिव पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए।

यस्तै सदस्यमा मोरङबाट नवीन रेग्मी, यतिराज पोखरेल, माधव बराल, परमानन्द सिंह, चुनामणि घिमिरे, जीवन लुइँटेल र हेमाकुमारी घिमिरे निर्वाचित भएका छन्।

यस्तै, सुनसरीबाट प्रदेश सदस्यमा जीवन लुइँटेल, अनिल जोशी, मनोजकुमार यादव निर्वाचित भएका छन्। ताप्लेजुङबाट भूमादेवी पोखरेल र धनकुटाबाट युवराज निरौला निर्वाचित भएका छन्।

सदस्यमा झापाबाट निर्वाचित सुरेन्द्र दाहाल निर्वाचित भएका छन्।

यसअघिको उद्घाटन सत्रमा प्रदेश प्रमुख परशुराम खापुङले सरस्वतीको प्रतिमामा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेर भव्य उद्घाटन गरेका थिए। अधिवेशनको उद्घाटन गर्दे उनले कोशी प्रदेश पुस्तक तथा स्टेसनरी व्यवसायीको पक्षमा रहेको बताए।

प्रदेश प्रमुख खापुङले व्यवसायीका यावत समस्या प्रदेश सरकारले बुझेको बताएका छन्। पुस्तक तथा स्टेसनरी व्यवसायीसँगको संवाद, छलफल र व्यवसायी संग सहकार्य गरेर व्यवसायीका मार्कालाई प्रदेश सरकारले सम्बोधन गर्ने उनले बताए।

विद्यालय तहका शैक्षिक सामग्रीको अवैध बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध लगाउन प्रदेश सरकार तयार रहेको उनले बताए। प्रदेशका कुनै पनि विद्यालयले विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री-वितरण गरेको पाइए सरकारले नियमन गरी कारबाही गर्ने पनि उनले बताए।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका केन्द्रीय निवर्तमान अध्यक्ष मनहरि बस्याल, वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे, केन्द्रीय महासचिव शिवहरि शर्मा, सचिव विष्णु पौडेल, पूर्वउपाध्यक्ष ऋषिराम शर्मा, मात्रिका शिवाकोटी र झापाका अध्यक्ष विनोद सापकोटा लगायतले आ-आफ्नो धारणा राखेका थिए।

अधिवेसनको बन्द सत्रमा सचिव माधव अधिकारीले महासङघको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गौतम शर्माले आर्थित प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रम महासंङघका प्रदेश अध्यक्ष रन्जन शर्माको अध्यक्षतामा भएको थियो।

यसैविच सो कार्यक्रममा ०२२ साल देखि नियमित पुस्तक तथा स्टेसनरी व्यवसाय गर्दे आएका झापा गौरिगञ्जका रुपक श्रेष्ठलाई सम्मान गरिएको छ। उनलाई सम्मान पत्र सहित प्रदेश प्रमुख खापुङले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

17076584736931707660145.jpg

17076584736611707660143.jpg

17076584737361707660142.jpg

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०