ताजा समाचार

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने महिला पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ हाल काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन्। 

रावतले राजीव बस्नेतसहित तीन जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनले बस्नेतसहित तीन जनालाई पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक १ लाख ५० हजारसम्म तलब हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीको भनाई छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली बिहीबार नयाँ वानेश्वरबाट पक्राउ गरिएकी रावतलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०