ताजा समाचार

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बारामा जंगली हात्तीको आक्रमणबाट एक जना अधबैंसे पुरुषको मृत्यु भएको छ।

जंगली हात्तीको आक्रमणबाट कोल्हबी नगरपालिका वडा नम्बर ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ वर्षको पारस खा थारूको  मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार भैंसीको पाडा किन्न टाङ्गिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बीचमा पर्ने जङ्गलमा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।

मृतक थारूको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताएका छन्।

पछिल्लो समय बारा र रौतहटको केही स्थानमा जंगली हात्तीले बस्तीमा पटक-पटक उत्पात मच्याउँदै आएको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०