भिडिओ

कोशी प्रदेश सरकारको स्थायित्वका लागि एमाले र कांग्रेस मिल्नैपर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको बताएका छन्। 

आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस भन्ने एमालेको चाहना रहेको भन्दै सम्वाद भइरहेको बताएका हुुन्।

अहिले प्रारम्भीक चरणको छलफलमा केहि संकेत प्राप्त नभएपनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उनको भनाइ छ।

ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राखेका छन्।

कोशीमा मध्यावधिमा जाने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०

प्रतिक्रिया दिनुहोस्