भिडिओ
पार्टीले काम नगरेका कारण जनताको ध्यान नयाँ पार्टीहरुप्रति केन्द्रीत भयो : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान सरकार पुँजीवादको यथास्थीतिबाद बाटोमा अघि बढिरहेको बताएका छन्।.
समाजवादी सहकारी संगठन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले सरकारको नीति तथा कार्यक्रममा भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औधोगिकरणका विषय समेटन् नसकको र पुँजीवादको यथास्थीतिवादको बाटोमा हिडिराखेकाले जनतामा आक्रोश उत्पन्न भएको बताएका हुन्।
देशको नेतृत्व दिशाहिन बन्दै गएकाले विकृति पैदा भएको उनले बताए। खनालले पहिलेदेखि स्थापीत पार्टीले काम नगरेका कारण जनताको ध्यान राप्रपा र नयाँ पार्टीहरुप्रति केन्द्रीत भएको जिकिर गरे।
अहिलेको समस्या समाधान गर्न समाजवादको यात्रा गर्नुपर्ने र त्यसका लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने उनले बताए। खनालले समाजवादी व्यवस्था नभएसम्म मुलुकको आर्थिक उन्नती हुन नसक्ने धारणा राखेका छन्।