भिडिओ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगायतका विषयमा दुई पक्षीय छलफल हुने र केही विषयमा समझदारी हुने उनले बताइन्।

बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभुषण बितरणलाई मर्यादित बनाई राष्ट्रको सम्मानको रुपमा स्थापीत गर्न अन्तराष्ट्रिय अभ्यास र विभुषण सम्बन्धी कानुनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ।

कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन्।

बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०-१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको उनले बताइन्।

त्यस्तै, बैठकले सिचाइँ नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०

प्रतिक्रिया दिनुहोस्