भिडिओ
डेढ दशकदेखि राज्यसत्ता कब्जा गर्नेले भ्रष्टाचार र विदेशीको दलाली मात्रै गरे : कमल थापा

समृद्ध हिन्दु अधिराज्य स्थापनाका लागि दबाब दिन कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।
संवैधानिक राजतन्त्रको पुन:स्थापना, हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंको भद्रकालीदेखि भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो।
प्रदर्शनमा संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोध गरिएको छ। राप्रपाले संघीय गणतन्त्रको नाममा भ्रष्ट व्यवस्था कायम भएकाले त्यसको अन्त्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्ने जनाएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशका हाल कायम रहेको व्यवस्थाले भ्रष्टाचार मौलाएकाले यसको अन्त्य हुनुपर्ने बताए। उनले गौहत्याको अन्त्य र सुशासन स्थापनाका लागि जनआन्दोलनको घोषणा गरेको र त्यसै सिलसिलामा विरोध र्यालीको आयोजना गरिएको बताए।
प्रदर्शनमा सहभागीहरूले हिन्दु राष्ट्र कायम गर, संघीयता खारेज गर, राजसंस्था पुन:स्थापना गर लगायतका नारा लगाएका थिए।