भिडिओ

एलपी ग्यासको अनधिकृत विक्रिले जोखिम बढायो, सरकारले ध्यान दिएन : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले अनाधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास विक्रिवितरण भइरहेको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन्। 

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धीत मन्त्रालय र आयल निगमसंग अनुमति नलिई केहि कम्पनीहरुले बढि तौलका खाना पकाउने ग्यास विक्रिवितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन्।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढि तौलको ग्यास विक्रि वितरणको विषयमा सरोकारवाला निकायसंग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ।

बढि तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसले ठूलो दुर्घटना निम्ताउन सक्ने धारणा राखेका छन्।

उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको जिकिर गरेका छन्। 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०

प्रतिक्रिया दिनुहोस्