भिडिओ

नवगठित सरकारले भौतिक विकास संगै मानविय विकासलाई प्राथमिकतामा राखेर काम गर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री कार्कीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल पनि गठन गरेका छन्। शपथ ग्रहण पछि मुख्यमन्त्री केदार कार्कीले नवगठित सरकारले भौतिक विकास संगै मानविय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

उनले तोकिएको ३० दिन भित्र विश्वासको मत लिने जानकारी दिँदै आफु सहमतिको सरकारको पक्षमा रहेको र ९३ जना सांसदहरुको समर्थनबाट सरकार चलाउने प्रयास रहने बताए।

त्यस्तै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेशमा देखिएको जातिय र धार्मिक सद्भाव विरोधी क्रियाकलाप अन्त्य गर्न र सहमतिका आधारमा प्रदेशको विकास र समृद्धिका लागि नवगठित सरकारले काम गर्नुपर्ने धारणा व्यक्त गरे।

यसैगरी प्रदेश प्रमुख खापुङले र्दुइ जना मन्त्रीहरु राम बहादुर राना र शमशेर राईलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराए।

नेकपा एमालेका प्रदेश सांसद राम बहादुर राना र नेपाली कांग्रेसका प्रदेश सांसद शमशेर राईलाई मन्त्रीपरिषदमा विना विभागिय तोकिएको छ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार