भिडिओ

गठबन्धन सरकार मुलुकप्रति गम्भीर बनेन : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर नबनेको आरोप लगाएका छन्।

प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनकै लागी केन्द्रित भएको बताएका हुन्।

कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था र निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको अवस्थामा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै उनले मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा बिपरीत दलको नेताहरु भएर काम गर्न नहुने बताए। पौडेलले सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको जिकिर गरे। 

उनले धार्मिक सदभावमा र साम्प्रदायिक सदभाव खलवलाउने प्रयासबिरुद्ध सचेत बन्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार