भिडिओ

यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावना सबै गलत होः उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने भन्दै गलत सूचना प्रवाह भएको बताएका छन्।

नेपाल पत्रकार महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट र मिथ्या सूचना : लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चूनौती बिषयक कार्यक्रममा खड्काले सेनाको नियमावली चलाएर अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च भन्दै गलत सूचना प्रवाह भएको बताएका हुन्।

उनले सेनाको नियम प्रक्रिया अनुसार उमेर र अवधिले भ्याउँदा पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था रहेको स्पष्ट पारे। सैनिक नियमका आधार भन्दा दायाँबायाँ सरकार जाने कल्पना पनि गर्न नसकिने भन्दै खड्काले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको जिकिर गरे।

गलत सूचनाका आधारमा बनेको समाचारले भ्रम सिर्जना गरेको उनले बताए। उनले वर्तमान सरकारले मुलुकको संविधान ऐन कानून नियम दायावाया गर्ने कल्पना पनि गर्न नसक्ने जिकिर गरे।  

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार