भिडिओ

पूर्वराजा-रानीले यो दसैंमा निर्मल निवासमा टीका लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले यसपालिको विजयादशमीमा सर्वसाधारण तथा शुभेच्छुकलाई टीका लगाइदिने भएका छन्।

यसका लागि पूर्वराजा-रानीले विजयदशमीको दिन सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिने समय तय गरेका छन्।

शाहका संवाद सचिव फणिराज पाठकका अनुसार यसपालिको विजयादशमीका दिन पूर्वराजा-रानीले अपराह्न ४ बजे टीका लगाइदिने समय छुट्याएका छन्।

गणतन्त्र आउनुअघि राजा-रानीले नारायणहिटी दरबारमै सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिने चलन थियो।

पूर्वराजा-रानीले मुलुकमा गणतन्त्र आएपछि आफ्ना शुभचिन्तक र सर्वसाधारणहरूलाई टीका लगाइदिने क्रम जारी राखेका छन्।

पछिल्लो समय कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण पूर्वराजा-रानीले टीकाको कार्यक्रम रद्द गरेका थिए। गत साल पनि पूर्वराजा-रानीले आफ्ना शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिएका थिएनन्।

पूर्वराजा-रानीबाट टीका थाप्न निर्मल निवासमा सर्वसाधारण र शुभेच्छुकको भिड लाग्ने गरेको छ।

लामो समयपछि पूर्वराजा-रानीबाट टीका अर्पण हुने सन्देश पाएका सर्वसाधारणले भने टीकाको समय अगाडि नै राख्न माग गरेका छन्। 

उनीहरूले ४ बजेको सट्टा २ वा ३ बजे समय छुट्याउन माग गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार