भिडिओ

नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताएका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्ने विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताएका हुन्।

उनले विविधतालाई विभेदको कुरा बनाएर समाजमा समाजमा पक्षपात हुन नहुने र समााजिक सद्भावमा आधारित राष्ट्रिय एकता बनाउनुपर्ने धारणा राखे।

ओलीले मुलुकको आफ्नै विविधता भएपनि केहि आयातित विविधता थोपर्न खोजिएकाले सतर्क हुनुपर्ने उल्लेख गरे। मुलुकको एकता बिथोल्न जनतालाई मुर्ख बनाउने प्रयास हुने गरेको भन्दै सजक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष ओलीले नेपाल शान्तिको पक्षमा रहेको र राष्ट्र अप्ठेरोमा परे ज्यान आहुती दिन तयार रहेको बताए। उनले समाज बिकृत गैर जिम्मेवार भइरहेको अवस्थामा जिम्मेवार र अनुशासीत बनाउने काम गर्न सुझाव दिए।  

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार