भिडिओ
शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्छ : अध्यक्ष ओली

नवपथ संवाददाता
काठमाडौं, कात्तिक १५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका छन्।
बुधबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका हुन्।
सर्वोच्च अदालतको आदेशलाई मानेर, मानवअधिकार काउन्सिलका कुराहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने उनको भनाइ छ।
उनले चाडपर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गरे।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०