भिडिओ
जनतामा छाएको निराशालाई सम्बोधन गर्न सबै दलहरु एक हुनुपर्छ : रवि लामिछाने

नवपथ संवाददाता
काठमाडौं, कात्तिक १५
रास्वपाका सभापति रवि लामिछानेले मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सबै दलहरु एक हुनुपर्ने बताएका छन्।
बुधबार एमालेले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक परिवर्तनपछि जनतामा परिवर्तन नआएको र जनतामा निराशा छाएकोे भन्दै यसलाई सम्बोधन गर्न सबै दलहरु एक हुनुपर्ने बताएका हुन्।
उनले चियापानमा मात्रै नभई साझा फोरम बनाएर दलहरु छलफलमा जुट्नुपर्ने बताए। उनले रास्वपा पछि दर्ता भएर नयाँ पार्टी भएको नभई विचार र एजेण्डाका आधारमा नयाँ भएको जिकिर गरे।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०