भिडिओ

देश अभिभावकविहीन भयो, राजतन्त्र स्थापना गरौं : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अभिभावकविहीन भएको बताएका छन्।

शनिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले देश अभिभावकविहीन भएकाले छाडातन्त्रलाई नियन्त्रण गर्न राजतन्त्रको खाँचो भएको बताए।

उनले राजतन्त्रलाई अभिभावक र मोरलको रुपमा स्थापना गर्न आवश्यक रहेको बताए।

राष्ट्रिय संकटलाई समाधान गर्न देशमा राजतन्त्र अपरिहार्य रहेको कुरामा उनले जोड दिए।

देशमा राजतन्त्र कायम गरियो भने छाडातन्त्र, मनपरीतन्त्र, विकृति, विसंगति हटाउन सकिने उनले बताए।

देशमा सनातन हिन्दु धर्म पनि अति आवश्यक रहेको थापाले बताए। थापाले जनतामा अहिलेको मुलुकको आवश्यकताका बारेमा जानकारी दिन पार्टीले देशका विभिन्न भागहरूमा सभाको आयोजना गर्ने बताए।

अध्यक्ष थापाले माघ र फाल्गुनमा मेची महाकाली यात्राका माध्यमबाट जनतामा जागरुप तुल्याउने कार्यक्रम राखिएको र फागुन महिनादेखि आन्दोलन गर्ने तयारी गरिरहेको जानकारी दिए।

उनले विदेशीको दबाब र प्रभावमा निहित राजनीतिक स्वार्थको लागि बहुसंख्यक जनताको पहिचानलाई समाप्त पार्न खोजे देशमा द्वन्द्व सिर्जजना हुने जिकिर गरे।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार